नियम
जिल्ला जलस्रोत समितिको बैठक सम्बन्धी कार्यविधि
(१) जिल्ला जलस्रोत समितिको बैठक
अध्यक्षले तोकेको समय, मिति र स्थानमा बस्नेछ ।
(२) बैठकको अध्यक्षता जिल्ला जलस्रोत समितिको अध्यक्षले गर्नेछ । अध्यक्षको
अनुपस्थितिमा जिल्ला जलस्रोत समितिको सदस्यहरूले आफूमध्येबाट छानेको व्यक्तिले बैठकको
अध्यक्षता गर्नेछ ।
(३) जिल्ला जलस्रोत समितिको कुल सदस्य संख्याको पचास प्रतिशत सदस्य उपस्थित
भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) जिल्ला जलस्रोत समितिमा कुनै विषयमा छलफल भै मतदान हुँदा उपस्थित सदस्य
संख्याको दुई तिहाई सदस्यहरूको मतलाई जिल्ला जलस्रोत समितिको निर्णय मानिनेछ ।
(५) जिल्ला जलस्रोत समितिको निर्णय जिल्ला जलस्रोत समितिको सदस्य सचिवद्वारा
प्रमाणित गरिनेछ ।
(६) जिल्ला जलस्रोत समितिको बैठक सम्बन्धी अन्य कार्यविधि जिल्ला जलस्रोत समिति
आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।